उपसचिव शर्मासहित दर्जन बढी कर्मचारी पुरस्कृत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उपसचिव शर्मासहित दर्जन बढी कर्मचारी पुरस्कृत


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले डेढ दर्जन बढी कर्मचारीहरूलाई पुरस्कृत गरेको छ । 

निर्वाचन दिवसको अवसरमा आज कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका कर्मचारीहरूलाई पुरस्कृत गरिएको हो । 

पुरस्कृत हुनेमा उपसचिव (कानुन) लक्ष्मी शर्मा, लेखा अधिकृत विष्णुप्रसाद न्यौपाने, कम्प्युटर इन्जिनियर अर्जुन पौडेल, नायब सुब्बा गोविन्दप्रसाद भट्टराई, नायब सुब्बा राजेन्द्र मरासिनी, कम्प्युटर अपरेटर सुमेश श्रेष्ठ, खरिदार पूर्णकली थापा, हलुका सवारी चालक भीमबहादुर श्रेष्ठ, नायब सुब्बा श्री दिव्यधरी जोशी (भोजपुर), कम्प्युटर अपरेटर प्रेमप्रसाद न्यौपाने (झापा), हलुका सवारी चालक इन्दल हजरा दुसाद (बारा) रहेका छन् ।

यसैगरी जिल्ला निर्वाचन अधिकारी रञ्जिता झा (पर्सा), जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्की (चितवन), लेखापाल कृष्णप्रसाद पन्थी (भक्तपुर), नायब सुब्बा जिवाखर शर्मा (लमजुङ), कम्प्युटर अपरेटर अनन्त सुवेदी (मनाङ), कम्प्युटर अपरेटर गेहेन्द्र कुँवर (दाङ), नायब सुब्बा इन्दिरा अधिकारी आचार्य (रोल्पा), कम्प्युटर अपरेटर तेजेन्दकुमार चन्द (सल्यान), नायब सुब्बा श्यामबहादुर राना (हुम्ला), जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामी (दार्चुला) र कार्यालय सहयोगी टेकबहादुर चन्द (कैलाली) पनि पुरस्कृत भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस