पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न मन्त्री मोदीको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न मन्त्री मोदीको निर्देशन


७ फाल्गुन २०७९, आइतबार


मोरङ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले बुढीगंगा र ग्रामथान गाउँपालिकाको सिमानामा निर्माणाधीन सिंघिया खोला पुलको निरीक्षण गरेका छन् ।

आइतबार बिहान निरीक्षणका लागि पुगेका मन्त्री मोदीले पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशनसमेत दिए ।

‘यो पुल यहाँको लागि अत्यन्त आवश्यक पुल हो, मैले दुई पटक चुनाव जितिसके तर यो पुल बनेको छैन, अब ढिलाइ नहोस्, यो पुलको निर्माण कार्य अविलम्ब सम्पन्न होस’ मन्त्री मोदीले भने ।

सूर्य शान्ति कार्की बन्धु जेबीले निर्माण गरिरहेको यो पुलको लम्बाई झन्डै ६० मिटरको रहेको छ । १२ करोड ५७ लाख लागतमा बनिरहेको पुलको निर्माण कार्य चालू आर्थिक वर्षमै सप्रन्न गर्ने निर्माण कम्पनीका दीपेन्द्र कार्कीले मन्त्री मोदीलाई आश्वासन दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस