मेरो चिन्ता लिनुपर्दैन : चन्द्र भण्डारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मेरो चिन्ता लिनुपर्दैन : चन्द्र भण्डारी


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ। ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका सांसद एवं नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा निकै सुधार हुँदै गएको छ । भण्डारी खतरामुक्त रहेका डाक्टरले जनाएका छन् ।

मुम्बईको नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको र उनी बोल्न तथा हाउभाउ देखाउन सक्ने अवस्थामा रहेको उपचारमा संलग्न डाक्टरलाई उधृत गर्दै काँग्रेसका नेता तथा व्यवसायी योगराज कँडेलले बताएका छन् ।

शनिबार राती आफूले भण्डारीलाई भेटेर कुराकानी गर्ने क्रममा उनले ‘मेरो केही चिन्ता लिनुपर्दैन’ भनेको कँडेलले उल्लेख गरेका छन् ।

यस्तै, भण्डारीको मुख र हातको जलेको भागमा छाला पलाउन सक्ने सम्भावना रहेकाले तत्काललाई अर्को शल्यक्रिया नगर्ने पनि डाक्टरले जानकारी दिएका छन् ।

गएको बुधवार राति काठमाण्डौको बुद्ध नगरमा रहेको निवासमा ग्यास सिलिन्डर चुहिएर भएको आगलागीमा सांसद भण्डारी र आमा हरिकला भण्डारी घाइते भएकोमा आमा हरिकलाको निधन भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस