प्रधानमन्त्री दाहाल र काँग्रेस नेता निधिबीच भेटवार्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री दाहाल र काँग्रेस नेता निधिबीच भेटवार्ता


६ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान बालुवाटारमा भएको भेटवार्तामा निधिले कालीगण्डकीको शिला भारतको अयोध्यामा हस्तान्तरण गरेको बारेमा जानकारी गराएका उनको सचिवालयले जनाएको छ ।

नेपाल सरकारको स्वीकृति र गण्डकी प्रदेश सरकारको निर्णयमा जनकपुरधामको जानकी मन्दिरले कालीगण्डकी नदी क्षेत्रको दुई वटा शिला भारतको अयोध्यास्थित राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरेको थियो र उक्त कार्यक्रममा निधि सहभागी भएका थिए ।

त्यस्तै निधिले आफ्नो बाबुको नाममा रहेको महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने महेन्द्र नारायण निधिको जन्म जयन्ती समारोहमा प्रचण्डलाई निम्तो पनि गरेका उनको सचिवालयले जनाएको छ । त्यसबाहेक उनीहरुबीच के कुराकानी भएको भन्नेबारे खुलाइएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस