महिला टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

महिला टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै


६ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । आठौँ संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा आज शनिबार दुई खेल हुदैछ ।

दक्षिण अफ्रिकामा जारी यस संस्करणको विश्वकपमा आज समूह ‘ए’ र समूह ‘बी’ का खेलहरू हुदैछ ।

आजको पहिलो खेलमा समूह ‘बी’ मा रहेका इंग्ल्याण्ड र भारतबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ ।

दुवै देश तेस्रो जितको खोजीमा रहेका छन् । दुई खेल खेलेका दुवै देश समान ४/४ अंकमा रहेका छन् ।

दुई देशबीचको पछिल्लो पाँच टी-ट्वान्टी अन्तराष्ट्रियमा तीन खेल इंग्ल्याण्डले जित्दा दुई खेल भारतले जितेको छ ।

आज नै हुने दोस्रो खेलमा समूह ‘ए’ मा रहेका दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार बेलुका १०:४५ बजे आयोजना हुनेछ ।

अष्ट्रेलिया आजको खेल जितेर सेमिफाइनल प्रवेश गर्न चाहन्छ । आजको खेल जितेर आयोजक दक्षिण अफ्रिका सेमिफाइनल सम्भावना मजबुत बनाउन चाहन्छ ।

दुई देशबीचको पछिल्लो पाँच टी-ट्वान्टी अन्तर्राष्ट्रियमा खेलमा अष्ट्रेलिया अपराजित रहेको छ । यस प्रतियोगिता २६ फेब्रुअरीसम्म जारी रहने छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

सहभागी १० टोलीलाई ५र५ टोलीको दुई समूहमा विभाजन गरिएको छ । दुई समूहमा शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।

समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका,साबिक विजेता अष्ट्रेलिया,श्रीलङ्का,बङ्गलादेश र न्युजिल्याण्ड रहेका छन् ।

समूह ‘बी’ मा दुई पूर्व विजेताहरू इंग्ल्याण्ड र वेस्ट इण्डिज,आयरल्यान्ड,भारत र पाकिस्तान रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस