चाडपर्वले एकता र मेलमिलापको आधार तयार गरेका छन् : देउवा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चाडपर्वले एकता र मेलमिलापको आधार तयार गरेका छन् : देउवा


६ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाड-पर्वहरू सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्ररताका धरोहर भएको उल्लेख गरेका छन् ।

महाशिवरात्रिका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल विभिन्न चाड-पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक भएको र प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताए । यसमध्ये हिन्दु धर्मावलम्बीहरूले अति श्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने महाशिवरात्रि एक महत्त्वपूर्ण र पवित्र पर्व भएको उनले उल्लेख गरेका छन् ।

सभापति देउवाले यी चाड–पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताउँदै महाशिवरात्रिको अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस