सांसद भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सांसद भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरियो


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । आगलागी हुँदा गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको छ । 

भारतको मुम्बईमा रहेको नेशनल बर्न्स सेन्टरमा उपचाररत काँग्रेस नेता एवम् गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको उनको उपचार समन्वयका लागि सँगै गएका नेता योजराज कँडेलले बताए । भण्डारीको अवस्था सामान्य रहेको छ । अब दोस्रो शल्यक्रिया गर्ने वा नगर्ने भन्ने कुरा अब्जर्भेशन पछि मात्र निर्णय हुने उनले बताए ।

भण्डारीको उपचारमा खटिएका डाक्टरहरूका अनुसार उनको हृदयको चाल पनि सामान्य रहेको र एन्टिबायोटिक्स निरन्तर दिइरहेको कँडेलले जानकारी दिए ।

बुधवार राति काठमाडौँमा रहेको घरमा ग्यास चुहिएर भएको आगलागीमा परि गम्भीर घाइते बनेका भण्डारीलाई उपचारका लागि बिहीवार एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । त्यही घटनामा जलेर गम्भीर घाइते भण्डारीकी आमा हरिकला भण्डारीको बिहान निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस