‘मिसन ग्रासरुट’ सुरु गर्न एमाले उपाध्यक्ष पौडेल आज धनगढी जाँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘मिसन ग्रासरुट’ सुरु गर्न एमाले उपाध्यक्ष पौडेल आज धनगढी जाँदै


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले)ले आजबाट ‘मिसन ग्रासरुट’ अभियान सुरु गर्दैछ । दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत एमालेले आजदेखि ‘मिसन ग्रासरुट’ अभियान सुरु गर्न लागेको हो।

अध्यक्ष केपी शर्मा ओलीले सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई आज भर्चुअल सम्बोधन गरेपछि अभियान सुरु हुनेछ ।

सुदूरपश्चिममा अभियान सुरु गर्न एमाले उपाध्यक्ष विष्णु पौडेल आज धनगढी पुग्दैछन् । १० बजे सम्म उपाध्यक्ष पौडेल धनगढी पुग्ने प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिए ।

सुदूरपश्चिममा उपाध्यक्ष पौडेललाई अनुगमन र सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टलाई फिल्ड कमान्डर तोकिएको छ । आज अभियान प्रारम्भ गर्न ‘मिसन ग्रासरुट’ अभियानमा पौडेल,भट्ट, सहित मणिचन्द्र थापा, बिन्दा पाण्डे र कर्णबहादुर थापालाई पनि जिम्मेवारी रहेको छ ।

आज धनगढीमा सुरु हुने अभियानमा केन्द्रीय सदस्य, केन्द्रीय निकायका सबै प्रदेश सचिवालय जिल्लाका पदाधिकारी र जनसङ्गठनका प्रदेश अध्यक्ष र इन्चार्जको उपस्थिति रहेको प्रदेश सचिव तथा सांसद पाठकले जानकारी दिए । आज केन्द्रीय नेताबाट प्रशिक्षित भएपछि २ महिना यहाँ प्रशिक्षण दिएका नेताहरूले यहाँका सबै पालिकामा यस्तै अभियान सुरु गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस