सांसद चौधरीको रिहाइबारे गृहद्वारा राय माग  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सांसद चौधरीको रिहाइबारे गृहद्वारा राय माग 


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । सांसद अरुण चौधरीलाई रिहा गर्नेबारे गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयसँग राय मागेका छ । बिहीबार रायका ‍‍‍‍‍‍लागि महान्यायाधिवक्ता कार्यालयलाई पत्राचार गरिएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए । 

महान्यायाधिवक्ता कार्यालयको राय अनुसार अरू प्रक्रिया अघि बढ्ने सहसचिव बस्नेतले जानकारी दिए । नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कैलाली-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । ट्याक्टर आगजनी गरेको पुरानो मुद्दामा उनी थुनामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस