सिटिजन्स बैङ्क र कालिन्चोक दर्शन लिमिटेडबीच समझदारी « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सिटिजन्स बैङ्क र कालिन्चोक दर्शन लिमिटेडबीच समझदारी


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र पशुपति रोड, गौशालास्थित कालिन्चोक दर्शन लिमिटेडबीच सिटिजन्स बैङ्कका कार्ड बाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैङ्कका कार्ड बाहकहरूले कालिन्चोक केबल कार सेवामा १०५ सम्मको आकर्षक छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैङ्कका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैङ्कले लिएको छ।

बैङ्कले डिजिटल बैङ्किङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैङ्कको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए।टि।एम। र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट करिब १५ लाख २६ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस