प्रधानमन्त्रीद्वारा सांसद भण्डारीको स्वास्थ्य लाभको कामना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीद्वारा सांसद भण्डारीको स्वास्थ्य लाभको कामना


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्यास सिलिन्डर विस्फोटमा गम्भीर घाइते भएका नेपाली काँग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको स्वास्थ्यलाभको कामना गरेका छन् । 

विस्फोटमा परेर निधन भएकोमा उनकी आमा हरिकला भण्डारीप्रति प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जली व्यक्त गरेका छन् । गएराति आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमाको शरीर जलेको थियो । 

चन्द्रको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीर जलेको थियो । आमा हरिकलाको निधन भइसकेको छ । सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको छ ।  

सम्बन्धित समाचार : सांसद भण्डारीलाई ६ जना स्वास्थ्यकर्मीसहित उपचारका लागि लगियो भारत

Tags :
प्रतिक्रिया दिनुहोस