एमालेका कर्मचारीविरुद्ध काँग्रेस र माओवादी निकट कर्मचारीको गठबन्धन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमालेका कर्मचारीविरुद्ध काँग्रेस र माओवादी निकट कर्मचारीको गठबन्धन


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । संघीय संसद्का कर्मचारी युनियनको चुनावमा काँग्रेस र माओवादी निकटका कर्मचारीले गठबन्धन बनाएर एमाले निकट कर्मचारीसँग प्रतिस्पर्धा गरेका छन् ।

बिहीबार भएको संघीय संसद् सचिवालय कर्मचारी युनियनको चुनावमा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठनविरुद्ध काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन र माओवादी निकट राष्ट्रिय कर्मचारी सङ्गठन गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

गठबन्धन बनाएका कर्मचारी सङ्गठनबाट अध्यक्षको उम्मेदवार रहेका गोविन्द प्रसाद जैसीको प्यानलमा ११ जना कर्मचारी उम्मेदवार रहेका छन् ।

यस्तै एमाले निकट कर्मचारी सङ्गठनमा अध्यक्षका उम्मेदवार विनोद न्यौपानेको नेतृत्वमा ११ जनाको प्यानल रहेको छ । यस्तै २ जना उम्मेदवार स्वतन्त्रबाट अध्यक्ष र उपाध्यक्षका लागि प्रतिस्पर्धामा रहेका छन् ।

विष्णु खड्काले अध्यक्षमा र शङ्कर भण्डारीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । बिहीबार बिहान ११ बजेदेखि २ बजेसम्म मतदान कार्यक्रम राखिएकोमा ३ बजेपछि मतगणना हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस