काठमाडौँ । खानेपानी मन्त्रालयले सिंहदरवारसहित काठमाडौँका मुख्य स्थानहरूमा सेन्सर प्रविधिको सार्वजनिक धारा राख्ने भएको छ । बिहीबार मन्त्रालयले गरेको गुनासो सुनुवाइ इकाईको उद्घाटनका अवसरमा यसबारे जानकारी दिइएको हो ।
एक साताभित्र सिंहदरवार आउने सेवाग्राहीलाई लक्षित गरी यस प्रकारको सार्वजनिक धारा राख्न लागिएको मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए ।
उनले अब काठमाडौँमा हिँड्दा बोतलको पानी किन्नुपर्ने अवस्था अन्त्य गर्न लागेको उल्लेख गरे ।







