ताजिकिस्तानमा हिम पहिरोमा परी १० जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ताजिकिस्तानमा हिम पहिरोमा परी १० जनाको मृत्यु


४ फाल्गुन २०७९, बिहिबार


दुशान्बे ताजिकिस्तान । ताजिकिस्तानमा बुधबार आएको हिम पहिरोमा परी १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अफगानिस्तानसँग सीमा जोडिएको अर्ध स्वायत्त पूर्वी क्षेत्र गोर्नो–बदख्शानमा हिम पहिरोमा परी नौ जनाको मृत्यु भएको उक्त देशको विपत् व्यवस्थापन सेवाले जनाएको हो । त्यसैगरी, विशाल पामिर पर्वतले घेरिएका कम जनसङ्ख्या भएको राजधानी दुशान्बे नजिकैको राजमार्गमा हिम पहिरोमा परी अन्य एक जनाको मृत्यु भएको छ ।

यसैबीच, ताजिकिस्तानका राष्ट्रपति एमोमाली रहमोनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । पूर्व सोभियत सङ्घको सबैभन्दा गरिब राष्ट्रमध्येको एक ताजिकिस्तानले नियमित रूपमा पहिरो र भूकम्प जस्ता प्राकृतिक प्रकोपको सामना गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस