यातायात कार्यालयबाट दुई जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

यातायात कार्यालयबाट दुई जना पक्राउ


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरबाट दुई जना बिचौलियालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको लोहरपट्टी नगरपालिका ३ का अनिल साह र महोत्तरीकै एकडारा ३ बस्ने वीरेन्द्र साहलाई पक्राउ गरेको हो ।

यातायात कार्यालयमा आर्थिक लाभ लिएर काम गरिरहेको गुनासो पछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेद प्रसाद गौतमले बताए ।

यातायात कार्यालयमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको डिएसपी गौतमले बताए ।  

Tags :
प्रतिक्रिया दिनुहोस