भोलि भारत जाँदै झलनाथ खनाल  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भोलि भारत जाँदै झलनाथ खनाल 


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भारत भ्रमणमा जाने भएका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनाल बिहीबार भारतको पटना जान लागेका हुन् । भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रण अनुसार पार्टी प्रतिनिधित्व गर्दै नेता खनाल त्यसतर्फ जान लागेका हुन् ।

 ‘बिहीबार १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि भारतको पटना जान लाग्नुभएको हो’, नेता खनालको सचिवालयले जनाएको छ । त्यस क्रममा नेता खनालले राजनीतिक भेटघाट समेत गर्ने बुझिएको छ । उनले भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।  

नेपालमा राष्ट्रपति निर्वाचन पेचिलो बनिरहेका बेला राष्ट्रपतिका आकाङ्क्षी समेत रहेका खनालको भारत भ्रमणलाई विशेष अर्थका रूपमा हेरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस