लोसपाद्वारा विद्यार्थी सङ्गठनको कार्य समिति विस्तार « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

लोसपाद्वारा विद्यार्थी सङ्गठनको कार्य समिति विस्तार


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो विद्यार्थी सङ्गठनको कार्य समिति विस्तार गरेको छ । सो पार्टीले लोकतान्त्रिक विद्यार्थी सङ्घको कार्य समिति विस्तार गरी ५५ सदस्य बनाएको हो ।

स्ववियु चुनावलाई लक्षित गरी यो कार्य समिति विस्तार गरिएको र चुनावपछि कार्य विभाजनसहित पदाधिकारी चयन हुने उनले बताए । चुनावमा खेलेको भूमिका आधारमा मूल्याङ्कन गरी पदाधिकारी चयन गरिने मिश्रको भनाई छ । 

विद्यार्थी सङ्घका अध्यक्षमा महोत्तरीका रोशनकुमार मिश्रलाई राखिएको छ । केन्द्रीय सदस्यमा श्याम केशरी, सुरेश मण्डल, समर साह, उज्जव सझा, चन्द्रशेखर सिंह, धनिश एस के, कुशनन्दन ठाकुर, अजय यादव, आनन्द मिश्रा, नितेन्द्र यादव, अरविन्द झा, निशेष यादव, दिपेश झालगायत छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस