विश्वप्रकाश शर्माको प्रश्न : प्रेम आचार्यको ‘आत्मदाह’ केवल एउटा मृत्यु हो ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विश्वप्रकाश शर्माको प्रश्न : प्रेम आचार्यको ‘आत्मदाह’ केवल एउटा मृत्यु हो ?


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधिसभा बैठकको शून्य समयमा काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई प्रश्नै प्रश्न गरेका छन्।

उनले आफू भर्खरै आत्मदाह गरेका प्रेम आचार्यको घरमा पुगेर आएको बताए। उनले आम रूपमा आत्महत्या केवल एउटा मृत्यु भए पनि भोग्ने परिवारका लागि पीडाको आकार बेहिसाब भएको उनले बताए।

उनले भने, ‘म भर्खर इलाम पुगेर आएको छु, प्रेम आचार्यको घरमा ! माघ १० गते बानेश्वरको सडकमा उहाँले आत्मदाह गरेको दृश्य यो संसद्को स्मृतिमा पक्कै ताजै छ १ नेपाल प्रहरीको तथ्याङ्क भन्छ- आत्महत्याको दर यो दशकमा ७८ प्रतिशतले वृद्धि भएको छ। सुन्नेका लागि एउटा आत्महत्या केवल एउटा मृत्यु !भोग्ने परिवारका लागि पीडाको आकार बेहिसाब छ !’

उनले मानसिक अस्वस्थता, पारिवारिक सम्बन्धको द्वन्द्व अनि व्यक्तिको आकाङ्क्षा र परिवेशबीचको असन्तुलन आत्महत्याको मुख्य कारण भएको उनले बताए।

उनले भने, ‘असन्तुष्टि, आवेग र वितृष्णाका अनेक कारण, निराकरण गरेर परिवेशमा परिवर्तन गर्नु जिम्मेवार राज्य, राजनीतिक दलहरू एवं असल समाजको कर्तव्य हुन्छ !राजनीतिमा रूपान्तरण, सामाजिक विसंगतिहरूको अन्त्य, झन्झटिलो प्रशासनिक प्रक्रियामा सुधार र आर्थिक विषमताको अन्त्य। यी चार गहन विषयमा गम्भीर राष्ट्रिय विमर्श जरुरी छ!’

Tags :
प्रतिक्रिया दिनुहोस