‘अनागरिकलाई गृहमन्त्री बनाउँदा देशकै शिर निहुरियो’ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

‘अनागरिकलाई गृहमन्त्री बनाउँदा देशकै शिर निहुरियो’


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसकी सांसद सुशीला थिङले अनागरिकलाई गृहमन्त्री बनाउँदा देशकै शिर निहुरिएको बताएकी छन् । मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले अनागरिकलाई गृहमन्त्री काम नेपालको इतिहासकै गम्भीर भूल भएको बताएकी हुन् ।

‘म त्यस्तो जिल्लाबाट प्रतिनिधित्व गरेको छु, जहाँका जनता ब्रिटिस सेनाका अगाडि झुकेनन् तर यो संसदबामट नेपालको इतिहासमा नभएको भूल भएको छ,’ सांसद थिङले भनिन्, ‘अनागरिकलाई गृहमन्त्री बनाएर शिर नहुर्‍याउने काम भएको छ, ।’ 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३२ दिन उपप्रधान तथा गृहमन्त्री बनेका थिए । सर्वोच्चले उनको नागरिकता अवैध ठहर गरिदिएपछि लामिछाने माघ १३ मा पदमुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस