बालाजु घटनाबारे सांसदद्वारा गृहमन्त्रीको जवाफ माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बालाजु घटनाबारे सांसदद्वारा गृहमन्त्रीको जवाफ माग


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले सोमबार बालाजुमा भएको लुटपाट र आगजनीबारे गृहमन्त्रीको जवाफ मागेका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद सूर्य थापाले घटनामा के भएको हो भन्दै घटनाबारे सदनमा जानकारी गराउन माग गरेका हुन् ।

‘बालाजुको गोङ्गबु क्षेत्रमा भएको आगजनी र लुटपाटबारे के भएको हो रु गृहमन्त्रीलाई यो सदनमा घटनाको विवरण जानकारी गराउन माग गर्दछु । सदन बेखवर बस्न मिल्दैन’, सांसद थापाले सभामुखमार्फत ध्यानाकर्षण गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस