थप ५ प्रकारका औषधि उत्पादन गर्दै सरकार « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

थप ५ प्रकारका औषधि उत्पादन गर्दै सरकार


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । सरकारले थप ५ प्रकारका औषधि उत्पादन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औजार उपकरणको व्यवस्था गरी थप ५ प्रकारका औषधि उत्पादन गर्ने जनाएको हो । 

मन्त्रालयले तयार पारेको न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्य योजनामा थप ५ प्रकारका औषधि उत्पादन सुरु गर्ने   उल्लेख गरिएको छ ।

नेपाल औषधि लिमिटेडबाट औषधिहरू उत्पादन गर्न पूर्वाधारसहितको औजार उपकरणको आवश्यक परिचालन गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरेर  अगाडि बढ्ने मन्त्रालयले जनाएको छ ।

औजार उपकरणको व्यवस्था यही फागुनको अन्त्यसम्म गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै,  औषधि लिमिटेडको क्षमता अभिवृद्धि गर्ने समेत उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस