सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक छ : मन्त्री शर्मा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक छ : मन्त्री शर्मा


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक रहेको बताएकी छन् ।

नेपालगञ्जमा आजदेखि सुरु भएको हिमालयन विज्ञान मेलाको उद्घाटन गर्दै मन्त्री शर्माले सरकारले प्रविधिको विकास, सदुपयोग र विस्तारलाई प्राथमिकतामा राखेको स्पष्ट पारिन्। उनले देशलाई सूचना प्रविधिको क्षेत्रमा आत्मनिर्भर बनाउन प्रविधिलाई जनमुखी बनाउने बताइन्।

‘विज्ञान र प्रविधिको विकास गर्नका लागि देशको हरेक क्षेत्रमा लगानी बढाउनुपर्छ र सबैलाई अवसर प्रदान गर्नुपर्छ।’ उनले भनिन्। 

Tags :
प्रतिक्रिया दिनुहोस