मन्त्री मोदीद्वारा निजामती सेवा ऐनबारे कर्मचारी सङ्गठनसँग छलफल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मन्त्री मोदीद्वारा निजामती सेवा ऐनबारे कर्मचारी सङ्गठनसँग छलफल


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको विषयमा कर्मचारी सङ्गठनसँग छलफल गरेका छन् । मङ्गलवार मन्त्रालयको हलमा ५ ठूला कर्मचारी सङ्गठनहरूसँग ऐनको विषयमा उनले छलफल गरेका हुन् ।

छलफलमा मन्त्री मोदीले निजामती ऐनमा बढुवा प्रणाली, प्रमुख प्रशासकीय अधिकृत, नायब सुब्बाको माग र ट्रेड युनियनहरूको विषयमा कर्मचारी सङ्गठनहरूको राय लिएका थिए ।

मन्त्रालय स्रोतका अनुसार दुई साता भित्र संसदमा संघीय निजामती कर्मचारी सेवा ऐन टेबल गर्ने मन्त्री मोदीको तयारी छ ।

सोही अनुसार मन्त्रालयले पूर्व मन्त्री, पूर्व सचिव, पूर्वप्रशासकहरु, राजनीतिक दलका नेताहरूसँग छलफल गरिसकेको छ । अन्तिम चरण स्वरूप कर्मचारी युनियनहरूसँग छलफल गरेको मन्त्री मोदीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस