गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु हुँदैन : झलनाथ खनाल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु हुँदैन : झलनाथ खनाल


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा झलनाथ खनालले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने बताएका छन्।

उनले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु यो व्यवस्थाको नै खिल्ली उडाउने काम हुने बताए।

धनगढीमा मङ्गलवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रिय सहमतिको कुरा गरिरहेकाले सहमतिकै आधारमा राष्ट्रपति चयन हुने बताए। साथै, उनले प्रधानमन्त्रीको कुरा अहिलेको सन्दर्भमा उपयुक्त भएको बताए।

उनले अहिलेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस