आन्दोलनपछि रानीपोखरी तानिए बालाजुका डिएसपी विष्ट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आन्दोलनपछि रानीपोखरी तानिए बालाजुका डिएसपी विष्ट


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । प्रहरी वृत्त बालाजुका डिएसपी रविन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ । डिएसपी विष्टलाई तत्कालका लागि उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता हिमालय कुमार श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार प्रहरी वृत्त बालाजुमा डिएसपी मनोजित कुँवरलाई पठाइएको छ । सोमबार माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुको स्वामित्वमा रहेको दुईवटा गाडी जलाएका थिए ।

प्रदर्शनमा भएको झडपमा डिएसपी विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) यातायात मजदुरले जलाएका थिए । प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले जनाएका छन् । डिएसपी बिस्टमाथि प्रहरीको गाडी जल्दा पनि स्थिति नियन्त्रणमा लिन नसकेको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस