सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले घट्दै १ लाख ३ हजार ८ सय रुपैयाँमा झरेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ३ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैबीच चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस