आन्दोलित यातायात मजदुर र सरकारबीच वार्ता सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आन्दोलित यातायात मजदुर र सरकारबीच वार्ता सुरु


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरवारमा वार्ता सुरु भएको छ ।

ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग सरकारले सिंहदरवारमा वार्ता सुरु गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रालयका सचिव, ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी लगायतको सहभागिता छ । यस्तै यातायात व्यवसायी, मजदुर सङ्गठनहरूको समेत उपस्थिति छ ।

बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारले यातायात व्यवसायीलाई वार्तामा बोलाएको हो ।

आन्दोलनरत यातायात मजदुरहरूले काठमाडौँ उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस