नेपालले घरेलु मैदानमा नामिवियासँग खेल्दै « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नेपालले घरेलु मैदानमा नामिवियासँग खेल्दै


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेपालले घरेलु मैदानमा आजदेखि नामिबिया, स्कटल्याण्ड र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेल्दै छ।

सिरिजको पहिलो खेल आज नेपाल र नामिबियाबीच हुँदै छ। आजदेखि हुने यो त्रिकोणीय सिरिज फागुन ९ गतेसम्म सञ्चालन हुने छ।

यस सिरिजमा तिनै टिमले एक अर्काविरुद्ध दुई दुई खेल खेल्ने छन्। नेपालले नामिबियाविरुद्ध आज खेल्ने छ भने स्कटल्याण्डविरुद्ध फागुन ५ गते र फागुन ९ गते खेल्ने तालिका रहेको छ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल अहिले २४ खेल खेल्दै १८ अङ्कसहित छैटौँ स्थानमा रहेको छ।

यस सिरिजमा सहभागी स्कटल्याण्ड ३२ खेलमा २२ मा जित र ८ मा हारका साथ ४६ अङ्क जोडेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ।

लिग टूको विजेता बन्न औपचारिकता बाँकी रहेको स्कटल्याण्डले यस वर्ष नै आयोजना हुने एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाइसकेको छ।

नामिबिया विश्वकप लि टूको शीर्ष तीनमा पर्न सम्भावना भएको अर्को टोली हो। नामिबिया नेपाल भ्रमणका क्रममा शीर्ष तीनको स्थान बलियो बनाउन चाहन्छ। हालसम्म नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारसहित ३७ अङ्क जोड्दै तेस्रो स्थानमा छ।

शीर्ष तीनमा रही सिधै विश्वकप छनोट खेल्न नेपालले खेल्न बाँकी सबै १२ खेल जित्नुपर्ने हुन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस