सरकारले आज यातायात मजदुर र व्यवसायीसँग वार्ता गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारले आज यातायात मजदुर र व्यवसायीसँग वार्ता गर्ने


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । सरकारले आज यातायात मजदुर र व्यवसायीसँग वार्ता गर्ने भएको छ।

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मंगलबारै वार्ताको लागि पहल गर्ने बताएका छन् ।

मन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीका अनुसार मन्त्री श्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिलाई आज बिहान साढे ८ बजे छलफलका लागि मन्त्रालयमा बोलाएका छन् ।

सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी सङ्गठनले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाइसकेको श्रेष्ठको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस