आजको बिदाले गणतन्त्रका लागि बगेको रगतले सम्मान पायो : उपराष्ट्रपति पुन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

आजको बिदाले गणतन्त्रका लागि बगेको रगतले सम्मान पायो : उपराष्ट्रपति पुन


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको नाममा सरकारले बिदा दिएर नेपाली राजनीतिमा जनयुद्धले पुर्‍याएको उच्चतम योगदानको सम्मान गरेको बताएका छन्।

सोमवार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आजको बिदाले गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान भएको बताए।

उनले बिदालाई लिएर पूर्वाग्रह राख्नेहरूले जेसुकै भने पनि संघीय सरकारले सार्वजनिक बिदा दिनुअघि नै मधेस, बागमती र कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने तयारी गरेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस