राष्ट्र बैंकद्वारा ३१ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

राष्ट्र बैंकद्वारा ३१ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने भएको छ । राष्ट्र बैंकले आइतबार उक्त दरका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ तथा मिन्टिङ कर्पोरेसनलाई दिने आशयपत्र जारी गरेको हो ।

बैंकले आह्वान गरेको बोलपत्रमा सबैभन्दा कम रकममा नोट डिजाइन, छपाइ र आपूर्ति गर्ने प्रस्ताव उक्त कम्पनीले गरेको केन्द्रीय बैंकको आशयपत्रमा उल्लेख छ ।

केन्द्रीय बैंकले ४६ लाख ९८ हजार ६५० अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब ६२ करोड २१ लाख ६२ हजार रुपैयाँ लागतमा २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने ठेक्काका लागि उक्त कम्पनी छनोट गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस