आइएमई पे र चन्द्रागिरि हिल्सबीच सम्झौता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आइएमई पे र चन्द्रागिरि हिल्सबीच सम्झौता


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । आइएमई पे र चन्द्रागिरि हिल्सबीच ‘फील द एयर’ नामक अफर सार्वजनिक गरिएको छ।

उक्त अफर अनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एप मार्फत काट्दा चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरूमा छुट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।

सीमित समयको लागि मात्र लागू भएको यस अफरमार्फत प्रयोगकर्ताहरूले जिप लाइनिङमा १५ प्रतिशत छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।

हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको निस् शुल्क इभिनिङ (साँझ मात्र लागू हुने) टिकट जित्ने मौका पनि पाउन सक्ने कम्पनीले बताएको छ।

सो टिकट वितरण गरिएको दिनदेखि एक हप्तासम्म मात्र मान्य हुने कम्पनीको भनाइ छ। साथै, यी दुई कम्पनीबीच प्रणय दिवसको अवसर पारी अर्को अफर पनि सार्वजनिक भएको छ।

माघ २८ गतेदेखि फागुन १ गतेसम्म आइएमई पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने ५ भाग्यशाली विजेताहरूले प्रणय दिवसको दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनर जित्ने मौका पाउनेछन्।

सो अफरको विजेताहरूको घोषणा एवम् सम्पूर्ण जानकारी आइएमई पेको सामाजिक सञ्जालमा प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस