२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री प्रचण्डद्वारा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवलोकन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका मन्त्रीहरूले कैलालीस्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) को अवलोकन गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड सोमवार पहिलो पटक सुदूरपश्चिम पुगेका हुन् ।

कैलालीमा प्रधानमन्त्रीले गेटामा रहेको मेडिकल कलेजको निरीक्षण, महेन्द्रनगरमा सुख्खा बन्दरगाहको निरीक्षण, कैलाली महोत्सवको उद्घाटन तथा माओवादी केन्द्र जिल्ला कमिटीले आयोजना गरेको जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

सरकारले आइतबार मात्रै विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । सञ्चालनको प्रारूपमा अन्यौलता हुँदा संरचना निर्माण भएर पनि मेडिकल कलेज सञ्चालन हुन सकेको थिएन ।

सरकारले आर्थिक वर्ष २०६६/०६७ मा मेडिकल कलेज निर्माण स्थापना गर्न घोषणा गरेको थियो । तर प्रारूपबारे २०६५ देखि नै अन्यौलता देखिएको हो । त्यहाँ ७ प्याकेजमा २६ वटा संरचना निर्माण भएको छ । जहाँ छात्र–छात्रा छात्रावास, चिकित्सक आवास कक्ष, कुरुवा, शवदाह घर, अक्सिजन प्लान्ट र थप ३ सय शय्याको अस्पतालको भौतिक संरचना निर्माण भएका छन् ।

साबिक डिपिआर अनुसार ८ अर्ब ५० करोड लागत अनुमान गरिएको थियो । यद्यपि सम्पूर्ण निर्माणसहित सञ्चालनको लागि १५ अर्ब लागत अनुमान गरिएको थियो । २०७७ असारसम्ममा निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । भने आव २०७७/०७८ देखि पढाइ सञ्चालन गर्ने सरकारी लक्ष्य थियो । तर हालसम्म नभएको हो ।

भौतिक संरचना निर्माण कार्य २०७३ सालदेखि अघि बढेको थियो ।

सम्बन्धित समाचार: सुदूरपश्चिम स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने सरकारको निर्णय

प्रतिक्रिया दिनुहोस