हेटौँडा सिमेन्टको उत्पादन बन्द « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

हेटौँडा सिमेन्टको उत्पादन बन्द


२९ माघ २०७९, आइतबार


काठमाडौँ । कोइलाको अभावमा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ।

उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने क्रममा रहेको जनाएको छ।

उद्योगमा पर्याप्त कोइला भण्डारण गरेपछि आगामी फागुन ५ गतेभित्र सिमेन्ट उत्पादन गर्ने तयारी गरिएको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए।

उनका अनुसार उद्योगले गुणस्तरीय कोइला भारत, इन्डोनेसिया, भुटान र पाकिस्तानबाट आयात गरी ल्याउँदै छ। 

उद्योगबाट उत्पादित सिमेन्ट काठमाडौं, हेटौँडालगायत सहरमा आपूर्ति भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस