नक्कली लाइसेन्ससहित महिला ट्राफिक प्रहरीको नियन्त्रणमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नक्कली लाइसेन्ससहित महिला ट्राफिक प्रहरीको नियन्त्रणमा


२९ माघ २०७९, आइतबार


पक्राउ

काठमाडौँ । नक्कली सवारी चालक अनुमति पत्रसहित ललितपुरको पुलचोकबाट एक महिलालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

कास्कीको पोखरा घर भई हाल ललितपुरको नखिपोट बस्दै आएकी ३५ वर्षीया कञ्चन गुरुङलाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

गुरुङमाथि चेक गर्दा अरूको नाममा रहेको दुईवटा सवारी चालक अनुमति पत्र फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ ।

गुरुङलाई २ थान सवारी चालक अनुमति पत्र र स्कुटरसहित थप अनुसन्धान तथा कारवाहीका लागी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन पठाइएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस