चितवन २ मा रास्वपाबाट रवि लामिछाने नै उम्मेदवार बन्ने   « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

चितवन २ मा रास्वपाबाट रवि लामिछाने नै उम्मेदवार बन्ने  


२९ माघ २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनमा सो पार्टीका सभापति रवि लामिछानेलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

यसअघि पत्रकार सम्मेलनमा पनि सो पार्टीका सभापति लामिछानेले छिटो निर्वाचनको मिति घोषणा गर्न माग गरेका थिए ।

रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले दिएको जानकारीअनुसार उपनिर्वाचनमा पनि लामिछाने नै उम्मेदवार बन्नेछन् ।

यसअघि भएको निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रबाटै उम्मेदवार बनेका थिए ।

उनले अमेरिकाको नागरिकता लिएको समयमा नेपालको नागरिकता त्याग नगरेको र पछि सोही आधारमा चुनाव लडेको भन्दै सर्वोच्च अदालतले उनलाई अयोग्य ठहर गरेपछि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा पनि लामिछाने नै उम्मेदवार बन्ने बोहराको प्रतिक्रिया छ ।

Tags :
प्रतिक्रिया दिनुहोस