राजस्व सङ्कलन ५५ वर्षयताकै खराब स्थितिमा (पुर्णपाठ) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राजस्व सङ्कलन ५५ वर्षयताकै खराब स्थितिमा (पुर्णपाठ)


२९ माघ २०७९, आइतबार


काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ५५ वर्षपछि यसवर्षको राजस्व सङ्कलनको वृद्धिदर अघिल्लो वर्ष भन्दा निकै कमजोर भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले आर्थिक वर्ष २०२४-०२५ पछि यस वर्ष अघिल्लो वर्ष भन्दा कम राजस्व सङ्कलन भएको जानकारी दिएका हुन् ।

चालु आर्थिक वर्ष २०७९-८० को बजेट ल्याउँदा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले साउनदेखि पुस मसान्तसम्मको राजस्व सङ्कलनको लक्ष्य ६ खर्ब ५१ अर्ब ८२ करोड तोकेका थिए ।

तर, अर्थमन्त्री पौडेलले यो ६ महिनामा ४ खर्ब ९० अर्ब ४ करोड मात्र राजस्व सङ्कलन भएको जानकारी दिए । यो अङ्क गत आर्थिक वर्षको यसै अवधिमा सङ्कलन भएको राजस्वभन्दा पनि १५ प्रतिशत कम हो ।

‘राजस्वमा यस्तो खालको नकारात्मक वृद्धिदर आर्थिक वर्ष २०२४-०२५ पछि पहिलो पटक हुन पुगेको छ’ उनले भनाई छ । 

पुर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस