सुदूरपश्चिममा जस्तै अरु ठाउँमा पनि हाम्रो आवश्यकता महसुस होस् : माधव नेपाल « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सुदूरपश्चिममा जस्तै अरु ठाउँमा पनि हाम्रो आवश्यकता महसुस होस् : माधव नेपाल


२९ माघ २०७९, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशमा जस्तै अन्य ठाउँमा पनि सबैले समयमै आफ्नो पार्टीको आवश्यकता महसुस गर्ने विश्वास व्यक्त गरेका छन् ।

पार्टीको प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्न आइतबार बिहान धनगढी पुगेका नेपालले समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सबैतिर आवश्यकता महसुस हुनुपर्ने उल्लेख गरेका हुन् ।

‘एक जना व्यक्तिले पनि शक्ति सन्तुलनमा धेरै फरक पर्छ । सुदूरपश्चिम प्रदेशसभामा तपाईँहरू चार जना हुनुहुन्छ । मन खुम्च्याउने काम नगर्नुस् । यहाँको सरकारमा हाम्रो पनि सहभागिता हुनु राम्रो कुरा हो,’ उनले भने, ‘अरु ठाउँमा पनि सबैले हाम्रो आवश्यकता समयमै महसुस गरुन् । अवमूल्यन अपमान, बेवास्ता नगरुन्, हामी पनि कोही हौँ भन्ने कुरा जबसम्म कार्यकर्ता र जनताले महसुस गर्दैनौँ तबसम्म सङ्गठन निर्माणमा लागिरहनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस