विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिवर्तन गर्दै सरकार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिवर्तन गर्दै सरकार


२९ माघ २०७९, आइतबार


काठमाडौँ । सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिवर्तन गर्ने भएको छ । विशिष्ट व्यक्तिको सवारीका बेला नागरिक हिँड्न समेत नपाउने गरी सुरक्षामा कडाइ गरेको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ परिमार्जन गर्ने भएको हो ।

नेपाल चिकित्सक सङ्घसँगको वार्ताका क्रममा सरकारी पक्ष कार्यविधि संशोधन गर्न तयार भएको हो । गएको शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न आउजाउ गर्ने क्रममा सडकमा नागरिकसम्म हिँड्न पाएका थिएनन्, उपत्यकाभर जाम बढेको थियो ।

यस्तै सवारीका बेला हिँडेको भन्दै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरका डाक्टरलाई समेत कुटपिट गरेको थियो । कुटपिटको विरोधमा सङ्घले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेपछि सरकार र नेपाल चिकित्सक सङ्घबिच वार्ता भएको छ ।

वार्तामा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गर्नेसहित ६ बुँदे सहमति भएको छ ।  

सम्बन्धित समाचार : चिकित्सक र सरकारी टोलीबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

Tags :
प्रतिक्रिया दिनुहोस