२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्झौता कार्यान्वयन नभएको भन्दै प्राधिकरणका कर्मचारी आन्दोलनमा

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै ६२२ जना ‘मिटर रिडर्स’ आन्दोलनमा उत्रिएका छन् । विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा गोटा गन्तीमा मिटर रिड गर्दै आइरहेका रिडर्स आन्दोलनमा उत्रिएका हुन् ।

हाल प्राधिकरणमा विद्युत्को मिटर रिड गर्ने कर्मचारीको ४ वटा वरियता छ । प्राधिकरणले ठेकेदार कम्पनीमार्फत, करारमा, मासिक ज्यालादारी र गोटा गन्तीमा आधारित मिटर रिडर्स राखेको छ । मासिक ज्यालादारीमा मिटर रिड गर्नेको सङ्ख्या २८ सय छ ।

करार र ठेकेदारमार्फत राखिएका रिडर्सको सङ्ख्या भने खुलेको छैन । मिटर रिडर्स सङ्घर्ष समितिको केन्द्रीय सचिव उज्ज्वल झाले गोटा गन्तीमा मिटर रिड गर्दै आइरहेका आफूहरूलाई मासिक ज्यालादारीमा राख्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएको जानकारी दिए ।

भेदभावपूर्ण व्यवहारविरुद्ध ६ महिनाको अवधिमा दोस्रो पटक आन्दोलनमा उत्रिएको झाको भनाइ छ ।

यसअघि, यही वर्षको भदौमा समेत मिटर रिडर्सहरु आन्दोलित बनेका थिए । उक्त समयमा प्राधिकरण नेतृत्व र रिडरहरुबीच २ बुँदे सम्झौता भएको थियो । सम्झौतामा ६२३ जना गोटा गन्तीमा आधारित मिटर रिडर्सलाई समेत मासिक ज्यालादारी बराबरको सेवा सुविधा उपलब्ध गराउने निर्णय भएको थियो ।

तर, सम्झौता भएको ५ महिना बितिसक्दा समेत कार्यान्वयन नभएको भन्दै पुनः आन्दोलनमा उत्रिनु परेको झाले बताए । हाल १२३ जनाभन्दा धेरै मिटर रिडर्सले प्राधिकरण अघि शान्तिपूर्ण धर्ना दिइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस