दर्ताबिनै सञ्चालित २ होटेल कारबाहीमा « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

दर्ताबिनै सञ्चालित २ होटेल कारबाहीमा


२८ माघ २०७९, शनिबार


बुटवल । दर्ताबिना नै सञ्चालन भएका रुपन्देहीका २ होटेल कारबाहीमा परेका छन् ।

जिल्ला अनुगमन समितिले बुटवल उपमहानगरपालिका १२ कलुवाको मालिका कालिका होटेललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

अनुगमनमा दर्ता नभएको, मुल्यसूची नराखेको, किचन फोहोर रहेको र खाना स्वास्थ्यकर नदेखिएको भन्दै अनुगमन टोलीले जरिवाना गरेको हो ।

यस्तै, देवदह नगरपालिका घोडाहाको आधी खोला होटेललाई २० हजार रुपैयाँ जरिवाना गरेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कायालय, घरेलु तथा साना उद्योग कायालय, इलाका प्रहरी कार्यालय बुटवल लगायतको टोलीले होटलहरुको अनुगमन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस