राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति : मन्त्री शर्मा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति : मन्त्री शर्मा


२८ माघ २०७९, शनिबार


दाङ । सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको खोजी गरिने बताएकी छिन् ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले आज प्रदेश राजधानी भालुवाङमा आयोजना गरेको स्वागत सम्मान एवं पत्रकार भेटघाटका अवसरमा मन्त्री शर्माले यस्तो बताएकी हुन् ।

प्रचण्ड नेतृत्वको सरकार राष्ट्रिय सहमतिको सरकार जस्तै बनेकाले केही समयमा हुने राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति सहितको उम्मेदवार दिने बताएकी छिन् ।

जसका लागि सत्ता गठबन्धन दल र प्रतिपक्ष दलहरू बीचको आन्तरिक छलफल चलिरहेको उनले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस