जनता र राष्ट्रलाई लुट्ने काम भइरहेको छ : झलनाथ खनाल « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

जनता र राष्ट्रलाई लुट्ने काम भइरहेको छ : झलनाथ खनाल


२८ माघ २०७९, शनिबार


काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीहरूको कमी नभएको बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्री खनालले नेपालमा दलाल पुँजीपति, शोषकहरू, कमिसन खोरहरू, भ्रष्टाचारी, मुनाफा खोरी र विदेशीहरूका दलालहरू रहेको बताए ।

उनले यस्ता व्यक्ति नेपालीहरूका शत्रु रहेको उल्लेख गर्दै यिनीहरूले गरेको क्रियाकलापले राष्ट्रलाई विनाश गर्ने बताए । उनले जनतालाई भुलाउन र राष्ट्रलाई लुट्ने काम भइरहेको भन्दै उनीहरूको लुटपाटको विरोध र भण्डाफोर गर्ने काममा लाग्नुपर्ने बताए ।

उनले भने, ‘अहिले हामीसँग दलाल पुँजीपतिहरू छन्, शोषकहरू छन्, कमिसन खोरहरू छन्, भ्रष्टाचारीहरू छन्, मुनाफा खोरीहरू छन् । विदेशीहरूका दलालहरू छन् । यी हाम्रा शत्रुहरू हुन् । यिनीहरूले जे क्रियाकलाप गरिरहेका छन्, यो राष्ट्रलाई विनाश गर्ने, जनतालाई भुलाउने, राष्ट्रलाई लुट्ने काम गरिरहेका छन् । यो उनीहरूको लुटपाटको विरोध र भण्डाफोर गर्ने काममा हामी सांस्कृतिककर्मीहरु सबैभन्दा अग्र पङ्क्तिमा उभिनुपर्छ । हाम्रा सहयोगी मित्रहरू पनि छन् । यी साथीहरूसँग आलोचना र समर्थनको दृष्टिकोणले हेर्नुपर्छ । नराम्रालाई मैत्रीपूर्ण आलोचना र राम्रालाई समर्थन गर्नुपर्छ । हामीले समाजवादी संस्कृतिको निर्माण गर्ने सिलसिलामा नयाँ कविता रच्नुपर्छ । नयाँ कथाहरू बनाउनुपर्छ । नयाँ उपन्यास, महाकाव्य लेख्नुपर्छ र सांस्कृतिक आन्दोलन अघि बढाउनुपर्छ ।’

पूर्व प्रधानमन्त्री खनालले समाजवादी सांस्कृतिक आन्दोलनलाई अघि बढाएर मात्रै समाजमा भएका विकृति र विसङ्गतिलाई हटाउन सकिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस