जनतालाई सास्ती दिएर राष्ट्रपतिलाई दिएको सम्मान कुनै अर्थ हुँदैन : ज्ञानेन्द्र शाही « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जनतालाई सास्ती दिएर राष्ट्रपतिलाई दिएको सम्मान कुनै अर्थ हुँदैन : ज्ञानेन्द्र शाही


२८ माघ २०७९, शनिबार


काठमाडौँ। प्रहरीबाट कुटिएका चिकित्सकमाथि कुटपिट गर्नेलाई तत्काल कारबाही गरिनु पर्छ भन्दै सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् ।

राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएकोले कारबाही गरिनु पर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘’राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भर्त्सना गर्दछु,’ ‘साथै सम्माननीय राष्ट्रपति यो विषयमा चिकित्सकसँग माफी माग्न हार्दिक अनुरोध गर्दछु ।’’

राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसद्लाई सम्बोधन गरेर फर्किँदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको थियो ।

चिकित्सक सर्जरी सकेर फर्किँदै थिए । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीबाट चिकित्सकमाथि नै कुटपिट भएपछि चर्को विरोध भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस