मकवानपुरमा भीरबाट लडेर एक जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मकवानपुरमा भीरबाट लडेर एक जनाको मृत्यु


२८ माघ २०७९, शनिबार


हेटौँडा । मकवानपुरमा भीरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ ।

गएराति ११ बजे जिल्लाको इन्द्रसरोबर-२ डाँडाघर स्थित स्थानीय ५३ वर्षीय तीर्थ लामाको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

छिमेकीको बिहेमा पुगेर घर फकर्दै गर्दा भीरबाट लडेर करिब ४० मिटर तल खसेर लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस