अख्तियारको ३२ औं स्थापना दिवस आज मनाइँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अख्तियारको ३२ औं स्थापना दिवस आज मनाइँदै


२८ माघ २०७९, शनिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (शनिबार) ३२औँ स्थापना दिवस मनाउँदै छ ।

”मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’’ भन्ने नाराका साथ ३२ औं स्थापना दिवस मनाउन लागेको हो ।

अख्तियारले तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा ९७ र ९८ को व्यवस्थाबाट स्वतन्त्र एवं स्वायत्त संवैधानिक आयोगको मान्यता प्राप्त गरेको थियो।

नेपालको अन्तरिम संविधान, २०६३ ले आयोगलाई निरन्तरता दिएको थियो। हालको नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्ने गरी काम, कर्तव्य र अधिकार प्रदान गरेको छ।

आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठ वटा कार्यालयले विभिन्न कार्यक्रमका साथ अख्तियार दिवस मनाइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस