कार्यालयको सुरक्षामा खटिएका राईको उपचार खर्च काँग्रेसले बेहोर्ने   « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

कार्यालयको सुरक्षामा खटिएका राईको उपचार खर्च काँग्रेसले बेहोर्ने  


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरक्षा गार्डका रूपमा कार्यरत वीरबहादुर गुरुङको उपचार खर्च काँग्रेसले बेहोर्ने भएको छ।

काँग्रेस कार्यालयका सचिव प्रेम केसीले ब्लड क्यान्सरपीडित राईको सम्पूर्ण उपचार खर्च कार्यालयले बेहोर्ने जानकारी दिए।

सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको केसीले जानकारी दिए। विगत ८ दिनदेखि उपचाररत राईको उपचारमा झण्डै डेढ लाख खर्च लागेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनले जानकारी दिए। राई २७ वर्षदेखि काँग्रेस कार्यालयमा कार्यरत छन्। 

राईको स्वास्थ्य अवस्थाबारे महामन्त्री विश्वप्रकाश शर्मा र मुख्य सचिव कृष्णप्रसाद पौडेलले अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएका थिए। राईको उपचारमा केन्द्रीय कार्यालयकातर्फबाट सचिव केसीले आवश्यक संयोजन गरिहेरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस