भेरीमा बेपत्ता दुईमध्ये एकको शव भेटियो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भेरीमा बेपत्ता दुईमध्ये एकको शव भेटियो


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिका ८ लोदेस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुईजनामध्ये एक जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीले शव आज फेला पारेको हो ।

बिहीबार (हिजो) डोल्पाको ठूलीभेरी नगरपालिका ५ बस्ने २२ वर्षीय मकर रोकाय र २१ वर्षीय बीबी रोकाय नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

सोबारे जानकारी पाएपश्चात् सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहित खटिएको सशस्त्र प्रहरीले बीबी रोकायको शव फेला पारेको हो । 

अर्का एक जनाको खोजी कार्य भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस