राष्ट्रपतिको सवारीमा प्रहरीबाट डाक्टर कुटिए « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपतिको सवारीमा प्रहरीबाट डाक्टर कुटिए


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टरलाई लाठी हानेको छ । त्यसको विरोधमा वीर अस्पताल र ट्रमा सेन्टरका स्वास्थ्यकर्मीले सेवा बन्द गरेर आन्दोलन थालेका छन् ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद्लाई सम्बोधन गर्न गएकी थिइन् । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली लगाएको थियो ।

डा. जनित सिंह वीरबाट ट्रमामा जान खोजेका थिए । तर प्रहरीले उनलाई पनि लाठीचार्ज गरेको र टाउकोमा चोट लागेको चिकित्सकहरूले बताएका छन् ।

घटनाको विरोधमा चिकित्सकहरू आन्दोलित भएका छन् । घटनामा संलग्न प्रहरीले माफी माग्नुपर्ने माग राखेको ट्रमा सेन्टरका प्रशासन शाखा प्रमुख नवराज गौतमले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस