वैकल्पिक राजनीति र आन्दोलनलाई हामीले चिनाएका हौँ : मिलन पाण्डे « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वैकल्पिक राजनीति र आन्दोलनलाई हामीले चिनाएका हौँ : मिलन पाण्डे


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपाबाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने भाष्य आफ्नो पार्टीले स्थापित गरेको बताएका छन् । 

शुक्रबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले परिणामस्वरूप आज मुख्य मानिएका दलहरूबाहेकको विकल्प हुनसक्छ भन्नेकुरा स्थापित भएको दाबी गरे । उनले आफ्नो पार्टीले लोकतन्त्र विकल्परहित छैन र होइन भन्ने भाष्य प्रमाणित गरेर देखाएको बताए । 

आफ्नो पार्टीले आन्दोलन टायर बालेर, नेपाल बन्द गरेर मात्रै हुने भाष्यलाई चिर्दै फूल रोपेर, अनसन बसेर र नेपाल खुला राखेर पनि आन्दोलन हुन्छ भन्ने भाष्य निर्माण गरेको नेता पाण्डेको दाबी छ ।

“आन्दोलन के हो, कसरी गर्ने, टायर बाल्ने, ढुङ्गा हान्ने मात्रै होइन, आन्दोलन फूल रोपेर पनि हुनसक्छ । अनसन बसेर पनि हुनसक्छ, नेपाल बन्द गरेर मात्रै होइन, नेपाल खोलेर पनि राजनीति गर्न सकिन्छ, आन्दोलन गर्न सकिन्छ भन्ने भाष्य स्थापित गरेका छौँ,” उनले भने, “हामीले कार्यक्रमपछि कुचो बोकेर सफा गर्न हिँडेका थियौँ, अन्य पार्टीहरूलाई पनि त्यो सिकायौँ । यो हाम्रो उपलब्धि हो ।”

नेता पाण्डेले आफ्नो पार्टीले सुरु गरेको सरसफाइ अभियानपछि अन्य पार्टीहरूसमेत कुचो बोकेर हिँड्न बाध्य भएको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस